नबिल बैंकले दिने भयो ३४ प्रतिशत लाभांश, बोनस र नगद कति कति ?

जागरण न्युज
काठमाडौं, १८ मंसिर । नबिल बैंक लि.ले अघिल्लो बर्षको मुनाफाबाट ३४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी जम्मा ३४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । नबिल बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । यसमा १२ प्रतिशत बोनस सेयर दिएपछि चुक्तापुँजी ९ अर्ब ८४ लाख ७ हजार रुपैयाँ पुग्नेछ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड २४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्