सगरमाथा इन्स्योरेन्सले बोलायो साधारण सभा, कहाँ र कहिले ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले पुस २१ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले यो आ.व.मा भने लगानीकर्तालाई लाभांश भने नदिने भएको छ । कम्पनीको प्रबन्धपत्रमा संशोधन गरी अधिकृत तथा जारी पुँजी वृद्धि गर्नेलाई नै मुख्य एजेन्डा बनाएर साधारण सभा बोलाइएको छ । सगरमाथाले अधिकृत पुँजी १ अर्ब ५० करोडबाट बढाएर २ अर्ब पुर्याउने र जारी पुँजी १ अर्बबाट वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव गर्दैछ । तर लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरिएको छैन । सभा गर्न इन्स्योरेन्सले पुस ७ देखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्