भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद भर्ने म्याद १५ दिन थप

काठमाडौं । भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद भर्ने म्याद १५ दिन थप गरिएको छ । यो हकप्रदमा अब पुस १४ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि बैंकले कात्तिक २४ गतेदेखि मंसिर २८ गते सम्मको समयसिमा तोकेर १०० रुपैयाँ अंकित मूल्यको २१ लाख १२ हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । भार्गवको यो हकप्रदमा कात्तिक १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्