जागरण न्युज
काठमाडौं, १७ मंसिर । चौतारी लघुवित्त वित्तीय संस्थाको बुधबार (मंसिर १९ गते) देखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ खुला हुँदै छ । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । लघुवित्तको आइपीओमा मंसिर १९ मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर नबिकेमा पुस १९ गतेसम्म भर्न सकिनेछ । यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।
आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले लगानीकर्ताले गरेको छ । सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
लघुवित्तकोे जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । यसमध्ये १२ करोड ६० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आव २०७६।७७ मा ४ करोड ६८ लाख र आव २०७७।७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण छ ।
लघुवित्तको लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र रहको छ । यसको केन्द्रीय कार्यालय बुटवलमा छ ।
प्रतिक्रिया दिनुहोस्