जागरण न्युज
काठमाडौं, १७ मंसिर । सहारा विकास बैंकले ल्याएको १० लाख ४४ हजार २५६ कित्ता लिलामी शेयरको सोमबार बोलपत्र खुल्ला गरिएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले प्रारम्भिक तथ्यांक अनुसार संस्थापक तर्फ कटअफ मुल्य १०५ रुपैयाँ र सर्वसाधारण तर्फको १०८ रुपैयाँ कायम भएको जनाएको छ ।
संस्थापक तर्फ ९ लाख २८ हजार २४८.७० कित्ता मध्ये ७ हजार एक सय कित्ता मात्रै बिक्री भयो ।
संस्थापक शेयरका लागि चार आवेदन मात्रै परेकोले आवेदकले मागे जति शेयर पाएका छन । बैंकको अझै ९ लाख २१ हजार १४८.७० कित्ता शेयर बिक्री हुन सकेन । संस्थापक शेयरका लागि लगानीकर्ताले प्रति कित्ता १५० रुपैयाँसम्म मूल्य कबुलेर बोलपत्र राखेका थिए ।
बैंकले सर्वसाधारणतर्फ लिलामीमा ल्याएको १ लाख १६ हजार ७.३० कित्ता शेयरका लागि १७३ जनाले आवेदन गरेकोमा ९९ जना आवेदकले मात्रै शेयर पाएका छन ।
साधारण तर्फको शेयरको कट मूल्य १०८ रुपैयाँ कायम भएको छ । जसमा अधिकतम ४१४ रुपैयाँ सम्म मूल्य तोकेर आबेदन परेको थियो । बैंकको दोस्रो बजारमा प्रतिकित्ता ४६० रुपैयाँका कारोबार भैरहेको छ । लिलामी शेयरमा अधिकतम ५० हजार कित्ता सम्मको लागि आबेदन परेको थियो ।
लिलामी पश्चात कम्पनीको चुक्ता पूँजी २५ करोड ५४ लाख रुपैयाँ पुग्नेछ । बैंकलाई देव विकास बैंकले एक्वायर गर्ने सम्झौता गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्