कुमारी बैंकले प्रस्ताव गर्यो १२.७५ प्रतिशत बोनस

जागरण न्युज

काठमाडौं, १७ मंसिर । कुमारी बैंक लि.ले आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । आइतबार सम्पन्न बैंक सञ्चालक समितिको सञ्चालक समिति बैंठकले सो लाभांश प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको यो लाभांश अघिल्लो आर्थिक वर्षको हो । गत आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बैंकले लाभांश प्रस्ताव गर्न बाँकी नै छ ।
सञ्चालक समितिबाट आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरिएको १२.७५ प्रतिशत बोनस राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात शेयरधनीलाई वितरण हुनेछ ।
हाल बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रुपैयाँ रहेको छ । १२.७५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड ६३ लाख ४५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्