निर्मलाको पक्षमा न्याय माग्दै कञ्चनपुरमा ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा जनप्रदर्शन

काठमाडौं, मङ्सिर १६ । चार महिना बितिसक्दा पनि सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वाको नेपाल कम्युनिष्ट पार्टीले आइतबार कञ्चनपुरमा जनप्रदर्शन गरेको छ ।
निर्मलाको न्यायका लागि दवाव दिन भन्दै विप्लव समूहले घोषण गरेको देशव्यापी कार्यक्रम अनुसार कञ्चनपुरमा पनि आइतबार जनप्रदर्शन गरेको हो । सरकारले अपराधिलाई संरक्षण गरेकाले हत्यारा पत्ता लगाउन दवाव दिन आफूहरुले देशैभर जनप्रदर्शन गरेको नेकपा (विप्लव) का महाकाली अञ्चल इन्चार्ज वीरेन्द्र शाहले बताए।
बहुमतको आडमा सरकारले न्यायलाई समेत दबाउन खोजेको बताउँदै उहाँले निर्मलाको न्यायका लागि सबै पक्षसँग छलफल गरेर सरकारलाई दवाव दिइने बताए । विप्लवले आह्वान गरेको जनप्रदर्शनमा विद्यालय तथा क्याम्पसका विद्यार्थी, अधिकारकर्मीलगायत हजारौंको संख्यामा प्रदर्शनकारीको उपस्थिति रहेको थियो ।
प्रदर्शनकारीले निर्मलालाई न्यायको माग गर्दै नाराबाजी गरेका थिए । महेन्द्रनगरको स्थानीय स्थानीय दशरथ चोकबाट निस्किएको ¥याली बजारको परिक्रमा गर्दै संविधान चोकमा गएर जनसभामा परिणत भएको थियो । उता, महेन्द्रनगरमा आयोजित प्रदर्शनपछि आयोजित कोणसभामा महाकाली इञ्चार्ज वीरेन्द्र शाहले निर्मलाको न्यायका लागि सबै पक्षसँग छलफल गरेर दबाबका कार्यक्रम अगाडि ल्याउने बताए ।
स्थानीय दशरथ चोकबाट निस्किएको ¥याली शहरका विभिन्न स्थानको परिक्रमापछि संविधानचोकमा गएर सभामा परिणत भएको थियो ।
निर्मला पन्तलाई न्याय दिन दबाब गर्दै ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने पोस्टर टाँसिएको थियो । त्यसरी टाँसिएका पोस्टर भने प्रहरीले निकालेका थिए भने पोस्टर टाँस्नेलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्