जोशी हाइड्रोपावरको १६ लाख ९० हजार कित्ता आइपीओ खुल्ला

जागरण न्युज
काठमाडौं, १६ मंसिर । जोशी हाइड्रोपावरको आइतबार (मंसिर १६ गते) देखि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ खुला भएको छ । कम्पनीले ५० हजार ७१४ कित्ता ९३५० कर्मचारी र ८४ हजार ५२३ कित्ता ९५५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याई बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
यस आइपीओमा स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयर समेत थपेर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यस आइपीओमा मंसिर १९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म पनि भर्न पाउने व्यवस्था रहेको छ ।
आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म भर्न सकिन्छ । यस आइपीओमा बिक्री प्रबन्धकको जिम्मा सिद्धार्थ क्यापिटलले लिएको छ । कम्पनीले इलाम जिल्लामा अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

यस आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ । यता, कम्पनीले आव २०७६।७७ मा १ करोड ८९ लाख र आव २०७७।७८ मा २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
यस्तै, प्रतिसेयर आम्दानी आव २०७६।७७ मा ५ रुपैयाँ १२ पैसा र आव २०७७.७८ मा ६ रुपैयाँ ४ पैसा पुग्ने प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्