विजय लघुवित्तले १० प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद जारी गर्ने, एजीएम कहिले ?

जागरण न्युज
काठमाडौं, १६ मंसिर । विजय लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य एजेन्डा सहित पुस १४ गते वार्षिक साधारण सभा डाकेको छ । संस्थाले १० प्रतिशत बोनस दिएर कायम हुने पूँजीको १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।

यस्तै, १० प्रतिशत बोनसमा लाग्ने कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । संस्थाले अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी ३८ करोड ९६ लाख २० हजार रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । यसैगरी, मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा गर्न कम्पनीले मंसिर २८ गतेदेखि बुक क्लोज गर्नेछ । बोनस मंसिर २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र पाउनेछन । साधारण सभा होटल रेडकार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे सुरु हुनेछ । १० प्रतिशत बोनसपछि विजयको चुक्ता पुँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँ हुन्छ । १०० प्रतिशत हकप्रद जारी पछि भने चुक्ता पुँजी ३८ करोड ९६ लाख २० हजार रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्