एनसेलले प्रमुख ४ सहरहरुमा भब्य रुपमा मेला गर्दै

काठमाडौं ।एनसेलले प्रमुख ४ सहरहरुमा यहि पुस ८ गते देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ ।
एनसेलले आफ्ना गा्रहक तथा शुभचिन्तकहरुलाई थप सुविधा ,साथित्वको भावानात्मक सम्बन्ध विस्तार गर्दै खुशियाली साटासाट र द्रुतगतिको मोबाइल ब्रोडव्यान्ड सेवा लंगटर्म इभोलुसन, फोरजिको अनुभव प्रदान गर्न एनसेलले पोखरा, विराटनगर, बुटवल, र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको हो । यि चारै सहरहरुमा एनसेलले छोटो अवधिमा नै आफनो फोरजि सेवा विस्तार गरिसकेको छ । आयोजना हुने मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधिहरु फोरजी थिममा आधारित कार्यक्रम हुने छन् ।
आगन्तु तथा दर्शकहरुले चर्चित गायक तथा सांगीतिक प्रस्तुतिहरुबाट पनि आनन्द लिन सक्ने छन् । प्रत्यक सहरमा मेला बिहान ११ बजे सुरु हुनेछ र कन्सर्टसहित ६.३० सम्म चल्ने कम्पनीले जनाएको छ । मेलामा आउने सबै उमेरका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरु समावेस गरिएका छन् । मेलामा प्रवेश निस्शुल्क हुनेछ र थुर्पै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कार पाउन सक्नेछन् ।
ससना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ंलिटर नेपाली आइडल कार्यक्रमको पनि आयोजना गरिनेछ । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । मेलामा विभिन्न किसिमका गेम्सहरु प्नि रहनेछन् ।
मेलामा आउन नसक्नेहरुले पनि एनसेलको १९ सहरमा फैलिएको फोरजी नेटवर्क मार्फर्त योण्डर म्युजिक र्र आईप्लिक्स मुभिजको मजा लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्