भारतीय काँग्रेसमा राहुल गान्धी निर्विरोध निर्वाचित

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध निर्वाचित भएका छन ।
गान्धी अध्यक्षमा मनोनित भएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सोमबार भारतिय राष्ट्रिय काँग्रेस पार्टीले निर्विरोध रुपमा उनलाइ चयन गरिएको हो । काँग्रेसको नेतृत्व सोनिया गान्धी बाट उनका छोरा राहुल गान्धी लाई हस्तान्तरण गरेको हो ।
“राहुल गान्धी भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षको रुपमा मनोनित भएको घोषणा गरिएको छ,” उहाँले काँग्रेस मुख्यालय नयाँदिल्लीमा पत्रकारहरुसँग भन्नुभयो । “यो ऐतिहासिक घटना हो,” उहाँले थप्नुभयो ।
झण्डै दुई दशक देखि पार्टीको नेतृत्व गर्दै आएका ७१ बर्षीय सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गरेका छन ।
गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा नै गरिएको थियो ।
राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरुले भारतको प्रधानमन्त्री भएका थिए ।
राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएका थिए ।
उनले आउदो शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्ने छन् ।

सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्