एसियाप्यासिफिक समिट प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण

काठमाण्डौ, १५मंसिर । नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट – २०१८मा सहभागीहुन काठमाण्डौ आउनुभएका नाउरुका राष्ट्रपति बरुनदिभेदी वाबा तथा फिलिपिन्सकी उपराष्ट्रपति लिनि रोब्रुडोले चन्द्रागिरि केबलकारको भ्रमण गर्नुभएको छ ।
नौपचारिक भ्रमणको क्रममा रहेकाअति विशिष्ट पाहुनालाई आज चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकालतथा संचालकहरु हेमराज ढकाल र कल्याण गुरुङ्गले स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
भ्रमणमा सहभागी नाउरुका राष्ट्रपति र फिलिपिन्सकीउपराष्ट्रपतिले चन्द्रागिरि अत्यन्तै सुन्दर ढङ्गले निर्माण गरिएको र चन्द्रागिरिबाट एकदमै सुन्दर दृष्य देखिएको प्रतिक्रिया दिदै आगामी दिनमा फेरी भ्रमण गर्ने इच्छा रहेको बताउनुभयो । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई बधाई तथा धन्यवाद समेत दिनुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्वबोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्