पत्रकार तथा प्रगतिवादी साहित्यकार खेम थपलियासहित आठ पत्रकार रिहा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको निर्वाचन खारेजी अभियानमा लागेको आरोपमा पक्राउ परेका पत्रकार तथा प्रगतिवादी साहित्यकार खेम थपलियासहित आठ पत्रकार रिहा भएका छन् ।

यही मंसिर १० र २१ गतेको निर्वाचनपूर्व मंसिर १ गते मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद थप गर्दै हिरासतमा राखेको थियो ।

थपलियासहितका आठ पत्रकारलाई तत्काल थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट समेत दायर भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि सो धरौटी रकम बुझाएर थपलिया रिहा भएका हुन ।

 

प्रतिक्रिया दिनुहोस्