२ अर्ब ९७ करोड ८५ लाखको मेगा बैंकको हकप्रद सेयर बिक्रीमा

काठमाडौं । राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पुर्याउने क्रममा मेगा बैंकको हकप्रदको लागि आवेदन खुलेको छ । टुरिज्जम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको बैंकले सेयर कारोबार रोक्का भएकै अवस्थामा हकप्रद खुलाएर लगानीकर्तालाई हकप्रद भर्न बाध्य पारेको छ ।

बैंकको हकप्रदको लागि यहि भदौ २७ देखि असोज ३० गतेसम्म आवेदन गर्न सकिनेछ । २०७३ माघ ७ गते भन्दा अघिल्लो दिन सम्म कायम रहेका शेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन । टुरीजम् डेभलपमेन्ट बैंकसँग मर्जर सम्झौता गरेपछि बैंकको गत माघ ९ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो ।
बैंकको हकप्रद शेयरको आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल, मेघा बैंककको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट दिन पाइने छ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । ६५ प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुग्नेछ । राष्ट्र बैकले तोके अनुसारको अपुग चुक्ता पूँजी बैंकले गतबर्षको बोनसबाट पुर्याउने देखिन्छ ।

बैंकले गत बर्ष ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो उसको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगााको टुरिजमलाई समेत गाभ्दा चुक्ता पूँजी ९ अर्ब बढी पुग्ने छ । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो मेगाको १०० बराबर टुरिजमको ९५ हुने गरी मर्जर सम्झौता तय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्