एसिया प्यासिफिक समिटमा भाग लिन को-को आउँदै छन् ?

काठमाडौँ, १४ मंसिर । एसिया प्यासिफिक समिटमा भाग लिन विभिन्न देशका प्रमुख तथा उप-प्रमुखहरु आउनेक्रम जारी रहेको छ ।
सम्मेलनमा भाग लिन म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार आई सकेका छन् भने विभिन्न देशका प्रमुख तथा उप-प्रमुखहरु आउने क्रम जारी रहेको छ । । सुकी र हुसेनलाई होटल सोल्टीमा राखिएको छ ।
दक्षिण कोरियामा रहेको अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।
विभिन्न देशका सरकार प्रमुखसहित विभिन्न देशका राष्ट्रप्रमुखरु बोलाएर हुन लागेको यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको ठूलो अन्तर्राष्ट्रिय सम्मेलन भएको आयोजकको दावी गरेको छ ।
शुक्रबारदेखि सुरु हुन लागेको सम्मेलनमा युनिफिकेसन चर्चकी प्रमुख हक जा लगायत विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागि हुँदै छन् । सम्मेलनमा सहभागी हुन फिलिपिन्सका उपराष्टपति लोनी रोड्रेबो, बुधबार नै काठमाडौं आइसक्नु भएको छ ।
सम्मेलनमा पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी, अफगानिस्तानका पूर्व उपराष्ट्रपति, कोलाम्बियाका पूर्व राष्टपति, इन्डोनेसियाका संसद प्रमुख, टोंगा सरकारका प्रवक्ता, फिजीका सभामुख पनि सम्मेलनमा सहभागी हुने बताइएको छ ।
यस्तै पोलिनिसिया मुलुक सामोआका प्रमुख, दक्षिण प्रशान्त सागरमा रहेको मुलुक टुभालुका सरकार प्रमुख, माइक्रोनेसिया मुलुक नाउरुका राष्ट्रपति बरुना वकासहित एसिया प्रशान्त देशका उच्च अधिकारी सम्मेलनमा सहभागी हुने आयोजकले जनाएको छ ।
शुक्रबारदेखि सुरु हुने सम्मेलन आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापी मूल्य मान्यताका विषयमा केन्द्रित हुने आयोजकले जनाएको छ । सम्मेलनको मूल एजेण्डा भने गरिबी, आतंकवाद, खाद्य, सुरक्षा र जलवायु परिवर्तन रहने आयोजकले जनाएको छ ।
शुक्रबारदेखि काठमाडौंको होटल हायतमा सुरु हुने सम्मेलन सोमबार काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै सकिने छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन्
प्रतिक्रिया दिनुहोस्