सङ्खुवासभाका तीन वटै क्षेत्रमा बाम गठबन्धनका उमेदवार निर्वाचित

काठमाडौं । १ प्रतिनिधी सभा र २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा तीन वटै क्षेत्रमा बाम गठबन्धनका उमेदवारहरु निर्वाचित भएका छन् । प्रतिनिधीसभा तर्फका उमेदवार नेकपा एमालेका राजेन्द्र गौतमले ३२ हजार सात सय ६९ मत प्राप्त गर्दै विजेता बने भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरे ।

त्यस्तै, प्रदेश सभा ९क० मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार पूर्णप्रसाद राईले १६ हजार ६ सय ७७ मत ल्याएर विजेता बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टंकप्रसाद राईले १४ हजार ६ सय ३२ मत प्राप्त गरे ।

प्रदेश सभा ख मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका तुलसी गौतमले १७ हजार पाँच सय १४ मत प्राप्त गर्दै निर्वाचित भए । उनका निकट्तम प्रतिस्पर्धी दिपककुमार लिम्बुले १६ हजार एक सय ४० मत प्राप्त गरे । संखुवासभामा समानुपातिक तर्फको मतगणना भने अहिले बिहान १० बजेबाट गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्