भ्रष्टाचारको मुख्य जिम्मेवार दलहरु, सबैभन्दा बढी घुस लेनदेन मालपोत…

काठमाडौं , मंसिर १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ ।
सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार भ्रष्टाचारका घटनामध्ये २५।५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन् ।
१७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार छन् ।
त्यस्तै, सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालय मालपोत, भुमिसुधार तथा नापी हुन् ।
यिनलाई अख्तियारे भ्रष्टाचारका लागि संवेदनशिल कार्यालय भनेको छ ।
यी कार्यलयमा हुने काममध्ये ६५.५ प्रतिशतमा भ्रष्टाचार हुने पाईएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस्