सिरहा क्षेत्र नं २ मा माओवादी केन्द्रका दास विजयी

काठमाडौं। सिरहा क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन ।

दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्रुधन सिंह कोइरीलाई दुई हजार ८८८ मतले पराजित गर्दै निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

दासले २० हजार १४८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी फोरमका कोइरीले १७ हजार २६० मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्