चीनको एक केमिकल प्लान्टमा बिस्फोटः २२ को मृत्यु, २२ जना घाइते, ५० वटा ट्रक जले

काठमाडौं, मंसिर १२ । उत्तरी चीनको एक केमिकल कम्पनीमा बुधबार बिस्फोट हुँदा कम्तीमा २२ को मृत्यु भएको छ भने २२ घाइते भएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।ग्लोबल टाइम्सका अनुसार बिस्फोट राजधानी बेइजिङबाट दुई सय किलोमिटर टाढा झांगजियाकोउस्थित हिबेई शेंगुआ केमिकल कम्पनीमा भएको हो ।
घटनामा ५० वटा साना–ठूला ट्रक पनि जलेको बताइएको छ ।बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
विष्फोटको कारणबारे कम्पनीले पनि केही जानकारी दिएको छैन । तर, न्युयोर्क टाइम्सले उद्योगको सुरक्षा अधिकारी वुले सांघाईको एक पत्रिकालाई दिएको भनाई उद्धृत गर्दै लेखेको छ, ‘उद्योगमा रसायन डेलिभर गर्न आएका ट्रकहरु मध्ये एक ट्रकमा विष्फोट भएको थियो । त्यसपछि शृङ्खलाबद्ध रुपमा अन्य ट्रकहरु विष्फोट भएका थिए ।’
यसअघि, सन् २०१५ मा तियानजिनमा भएको रसायन विस्फोटमा १७३ जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस्