बाँडफाँट भयो माथिल्लो तामाकोशीको आईपिओ, कसले कति पाए ?

जागरण न्युज
काठमाडौं, ११ मंसिर ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड गरेको छ । शेयर बाँडफाँड बबरमहलको क्रिष्टल प्यालेसमा बाँडफाँड भएको हो । तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।

आईपिओमा कुल ३ लाख ३९ हजार ७ सय ७५ आवेदकले आवेदन दिएका मध्ये ५ हजर ७ सय आवेदन रद्द भएको बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । कुल ३ लाख ३४ हजार ७५ जना आवेदक शेयर पाउन योग्य रहेकोमा सबैले शेयर हात पारेका छन् । जस मध्ये १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता शेयर पाएका छन् भने बाँकि १ लाख ६१ हजार ३ सय जनाले ४० कित्ता शेयर मात्र पाएका छन् ।
यस अघि कम्पनीले ऋणदाता कम्पनीका कर्मचारी र स्थानीयलाई शेयर निष्काशन गरेको मध्ये केहिले दोहोर्याएर सर्वसाधारणकोे शेयरमा पनि आवेदन गरेका ४ हजार ६ सय ८१ आवेदन रद्द भएको छ । त्यस्तै सिआश्वाबाट दोहोरो आवेदन दिने १ हजार ३२ जनाको आवेदन पनि रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्