जागरण न्युज
काठमाडौं, ११ मंसिर । चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गतेदेखि सर्वसाधारणलाई ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणालाई बिक्री गर्न लागिएको हो । लघुवित्तको आइपीओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने पुस १९ गतेसम्म भर्न सकिनेछ । न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । आइपिओमा बिक्री प्रबन्धकको काम एनआइबीएलले गरेको छ । लघुवित्तलाई रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । यसमध्ये १२ करोड ६० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ ।
चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएको छ । यसको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्