सनराइज बैंकका ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट
काठमाडौं मंसिर ११ । सनराइज बैंकले आफ्ना ग्राहक वर्गलाई उच्चस्तरीय सेवा तथा सुबिधा दिने उद्देश्यले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल (INDRAPRASTHA APOLLO HOSPITALS) सँग सम्झौता गरेको छ ।
सम्झौतामा सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक बर्गले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा १०% सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने जनाएको छ । सो सम्बन्धी सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलका तर्फबाट प्रमुख अन्तर्राष्ट्रिय बजार प्रबन्धक अजय भार्दवाजले विहिवार हस्ताक्षर गरेका थिए ।
इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतस्थित एक प्रतिष्ठित हस्पिटल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । यस योजनाले सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्