सर्लाही ४ मा आईतबार राती रोकिएको मतगणना अझै सूरु हुन सकेन

काठमाडौं । सर्लाही क्षेत्र नं ४ को मतगणना अझै सूरु हुन सकेको छैन। दलका प्रतिनिधि बीचको विवादले आइतबार राती १० बजेदेखि मतगणना रोकिएको छ । बलरा नगरपालिको जनता आधारभुत विद्यालय बेल्वाजब्दी मतदान केन्द्रको एउटा मतपेटिकामा ६ वटा मध्ये ४ वाट मात्रै शिल रहेको भेटिएपछि दलका प्रतिनिधिले विवाद गर्दा मतगणना स्थगित भएको हो ।

यसबारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउँदा आयोगले गणना सूरु गर्न निर्देशन दिइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तर जिल्लामा दलका प्रतिनिधिबीच कुरा मिल्न सकेको छैन । मंगलवार बिहान दलका प्रतिनिधीहरुबीच पुनः छलफलको तयारी भैरहेको छ । घण्टौ देखि मतगणना स्थगित हुँदा परिणाम सुन्न मतगणना स्थल सर्लाही क्याम्पस परिसर बाहिर बसेका राजपा र काँगे्रसका कार्यकर्ताबीच सोमवार दिउँसो झडप भएको थियो ।

झडपमा केही मानिस घाईते भएका छन् भने सवारी साधनमा समेत तोडफोड भएका छन् । मतगणना रोकिँदा सम्म सो क्षेत्रमा राजपाका उम्मेदवार राकेश कुमार मिश्र काँगे्रसका अमरेश कुमार सिंह भन्दा अगाडि हुनुहुन्छ । मिश्रले १६ हजार ३ सय १८ र सिंहले १५ हजार ९ सय ३५ मत प्राप्त गरेका छन

प्रतिक्रिया दिनुहोस्