समानुपातिकतर्फ पनि एमालेकै अग्रता, कसको कति मत ?

आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

एमालेले ९ लाख ५१ हजार मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ९२ हजार मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ३ लाख ९२ हजार, संघीय समाजवादी फोरमले ६६ हजार, विवेकशील साझा पार्टीले ५५ हजार, राप्रपाले ४९ हजार, राजपा ४३ हजार, नयाँ शक्ति पार्टीले ३१ हजार, राप्रपा प्रजातान्त्रिकले १९ हजार र राष्ट्रिय जनमोर्चा २४ हजार मत पाएका छन् ।

अरु दलले ६९ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्