सामुदायिक लघुवित्तको आईपिओ बाँडफाँड, कति को हुने भयो त हात रित्तो ?

जागरण न्युज
काठमाडौं, १० मंसिर । सामुदायिक लघुवित्तको मंसिर २ गतेदेखि ५ गतेसम्म निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । केहीबेर अघि सम्पन्न बाँडफाँडमा २७ हजार ३०० जनाले १० कित्ताका दरले आईपिओ प्राप्त गरेका छन भने २ लाख २८ हजार १६ जनाको हात भने रित्तो भएको छ ।


लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर २ लाख ७३ हजार कित्ता शेयरमा सर्वसाधारणमा निष्काशन गरेको थियो ।
आईपिओमा दुई लाख ५५ हजार ३ १६ जनाले आवेदन दिएको मध्ये २ लाख २८ हजार १६ जनाले शेयर हात पार्न सकेनन् ।
आईपिओमा न्युनतम ५० र बढीमा एक हजार ५०० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।
७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्