कृषि विकास बैंकमा ५ करोड हिनामिना गरेको अभियोगमा थप ३ जना पक्राउ

काठमाडौं । कृषि विकास बैंकको न्यूरोड शाखा कार्यालयमा ५ करोड रकम हिनामिना गरेको अभियोगमा थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उक्त शाखाका मुख्य प्रबन्धक प्रेमहरि ढुंगेलसहित इसीसी प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टा छन् ।

यसअघि प्रहरीले बैंकका सहायक टेलर दिपिका रेग्मी, तेह्रथुम घर भइ हाल काठमाडौंको बालाजु बस्दै आएका प्रकाश घतानी र दोलखा घर भइ हाल काठमाडौं बस्दै आएका रमेशकुमार थापालाई पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सिआइवी) पक्राउ गरेको हो । उनीहरुले बैंकको अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको सीआइबीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्