समता माइक्रोफाइनान्सले फेरि २०० प्रतिशत हकप्रद ल्याउने

जागरण न्युज
काठमाडौं, ०९ मंसिर । समता माइक्रोफाइनान्सले मंसिर २७ गते हुने वार्षिक साधारण सभामा २०० प्रतिशत हकप्रदको लागि प्रस्ताव पेश गर्ने भएको छ । समताले हालै बिक्री गरेको ५० प्रतिशत हकप्रदपछि कायम चुक्ता पुँजीको ६.६६ प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यसअघि १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको भएता पनि हकप्रदले पनि पाउने भएपछि कम्पनीले बोनसदर घटाएको हो ।
प्रस्तावित बोनस र बिक्री भइसकेको ५० प्रतिशत हकप्रदपछि कायम हुने ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीमा फेरि २०० प्रतिशत (१ः२) हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । वार्षिक साधारण सभामा समताले आफ्नो नाम परिवर्तन गर्ने तथा जारी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि लगिनेछ ।

साधारण सभा होटल इच्छा सिमरा, बारामा बिहान ११ः३० बजे सुरु हुनेछ ।
साधारण सभा गर्न माइक्रोफाइनान्सले मंसिर १२ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बोनस तथा नगद लाभांश पाउन मंसिर ११ गतेसम्म सेयरधनी बनिसक्नु पर्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीले २० लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्