मुक्तिनाथले दिने भयो १८.२५ प्रतिशत बोनस, बोनस पछि २० प्रतिशत हकप्रद जारी गर्ने

जागरण न्युज
काठमाडौं, ०९ मंसिर । मुक्तिनाथ विकास बैंकले १८.२५% बोनस सेयरपछि २०% हकप्रद जारी गर्ने भएको छ । बैंकले १८.२५% बोनस सेयर वितरणपछि हुने ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पुँजीमा २०% हकप्रद जारी गर्ने भएको हो । उक्त प्रस्ताव बैंकले मंसिर २९ गते बस्ने वार्षिक साधारण सभामा पेश गर्नेछ । बैंकले बोनस सेयरमा लाग्ने कर तिर्न ०.९६५ नगद लाभांश पनि दिनेछ ।
मुक्तिनाथले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ । यस्तै, जारी तथा चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार १४८ रुपैयाँ पुर्याउने प्रस्ताव पनि लैजानेछ ।
मंसिर १७ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित बोनस तथा नगद लाभांश पाउनेछन् । साधारण सभा गर्न बैंकले मंसिर १८ गतेदेखि बुक क्लोज गर्नेछ । साधारणसभा सिटी स्क्वायर, न्यूरोड पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।
मुक्तिनाथले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ

प्रतिक्रिया दिनुहोस्