सम्पूर्ण निर्वाचनको परिणाम पुष १० भित्र सार्वजनिक गर्ने गरी आयोगको काम तिव्र

काठमाण्डौँ । निर्वाचन आयोगले आगामी पुष १० भित्र प्रतिनिधिसभा र प्रदेशसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नेगरी आफ्नो काम तिव्र बनाएको छ । प्रत्यक्षतर्फको नतिजासँगै समानुपातिकतर्फको मतगणना पनि जारी राखेकाले पुष १० भित्र दुवैतर्फको गणना सकेर राजपत्रमा प्रकाशित गर्ने आयोगको तयारी छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ अनुसार समानुपातिक नियमावलीको धारा ४०, प्रतिनिधिसभा निर्वाचनको धारा ६०, प्रदेशसभासदस्य निर्वाचनको ६० र निर्वाचन नियामावलीको धारा ४० अनुसार आयोगले आफ्नो प्रतिवेदन तयार पार्ने काम गरि रहेको छ ।

सवै निर्वाचनपरिणाम आइसकेपछि दलहरुले बन्दसूचिमा राखेकाहरुबाट आएको मतबाट समानुपातिक तर्फका संसद सदस्य तय गर्नेछन् । त्यसपछि नयाँ संविधान र नयाँ व्यवस्था अनुसार सरकार गठनको बाटो खुल्नेछ । संविधानको भाग ७ को धारा ७६ को उपधारा ३ मा प्रधानमन्त्री चयनको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको ३० दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने हुन्छ । संसदमा बहुमत प्राप्त दलको नेता हुनुपर्ने उल्लेख छ । प्रतिनीधिसभामा कुल २७५ संसद रहनेछन, जसमा प्रत्यक्षतर्फबाट १ सय ६५ र समानुपातिकबाट १ सय १० सदस्य आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्