स्थानीय तहको निर्वाचनमा प्रतिमतदाता खर्च ४ सय ९५ रुपैयाँ २५ पैसा
काठमाडौँ । स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च लागत रहेको पाइएको छ ।
उक्त निर्वाचनमा रु छ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८ सय ६६ खर्च भएको निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाबाट जानकारी प्राप्त भएको छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको थियो ।
सरकारले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई रु आठ अर्ब ७८ करोड, ४९ लाख ७२ हजार १ सय ६८ उपलब्ध गराएकामा प्राप्त बजेटमध्ये ७९।३३ प्रति खर्च भएको आयोगबाट उपलब्ध विवरणमा उल्लेख छ ।
आयोगका अनुसार पहिलो र दोस्रो चरणमा गरी जम्मा रु छ अर्ब ३० करोड ३९ लाख नौ हजार ५ सय ३८ तथा तेस्रो चरणमा रु ९३ करोड ८९ लाख ७७ हजार ३ सय २८ जम्मा खर्च भएको थियो ।
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता खर्च लागत ५ सय २८ रुपैयाँ ६४ पैसा रहेको थियो भने तेस्रो चरणमा त्यो घटेर ३५२।३४ रहेको आयोगको तथ्याङ्कबाट जानकारी प्राप्त भएको छ ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एक करोड १४ लाख सात हजार ४ सय ७४ तथा तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता संख्या कायम रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्