महाप्रबन्धकले बाँडे ८५ करोड, निर्णयबिनै २४ वटा शाखालाई रकम

काठमाडौं , मंसिर ८।  खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले मातहत शाखाहरूलाई आफूखुसी ८५ करोड रुपैयाँभन्दा बढी वितरण गरेको पाइएको छ । उनले सञ्चालक समितिको निर्णयबिनै २४ वटा शाखालाई रकम बाँडेका हुन् ।

खानेपानी संस्थान आर्थिक विनियमावलीअनुसार वार्षिक बजेट तथा संस्थागत योजना समितिबाट स्वीकृत गराउनुपर्ने प्रावधान छ । संस्थापनको बजेट उपसमितिले छलफल गरी व्यवस्थापकसमक्ष खाका पेस गर्नुपर्छ ।

व्यवस्थापकले सिफारिस गरेको बजेट विनियोजन गर्ने/नगर्ने अन्तिम निर्णय सञ्चालक समितिलाई हुन्छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्