काठमाडौं, मंसिर ८। काठमाडौंमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
बिहान पौने ५ बजेतिर कोटेश्वरमा भाटभटेनी अगाडि ना ६ ख ५५९२ नम्बरको ट्रकमा ना ५ ख ४०२६ नम्बरको बस ठोक्किँदा बसमा सवार सर्लाहीको मुलुङगा घर भई काठमाडौंको तिलगंगा बस्दै आएका ७१ वर्षीय शम्भू परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते भएकी शम्भूकी श्रीमती रिता र सर्लाही ढुंग्रेखोलाका डम्बर श्रेष्ठको ललितपुरको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भैरहेको छ ।
यस्तै शनिबार बिहानै साढे ३ बजेतिर काठमाडौंकै बल्खुमा टिप्परको ठक्करबाट माइक्रोचालकको ज्यान गएको छ । बा ४ ख ९५७५ नम्बरको टिप्परले बा १ ज ८८५५ नम्बरको माइक्रोलाई ठक्कर दिँदा घाइते भएका सिन्धुपाल्चोकका ६४ वर्षका बाबुकाजी श्रेष्ठको वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका टिप्पर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्