निर्मला पन्तका बुवाको मानसिक अवस्था बिग्रिँदै, गालीगलौज गर्दै हिँड्न थाले

छोरीको न्यायका लागि १३औं दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था बिग्रँदै गएको हो ।
केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर पीडित परिवारको स्वास्थ्य परीक्षण गरेको थियो । तर, पछिल्लो समय यज्ञराजको स्वभाव असामान्य बन्दै गएको छ ।
उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको कन्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।
यज्ञराजमा रातभरि नसुत्ने, बर्बराउने समस्या देखिएको छ भने दिउँसो निर्मलाको नाम लिँदै रुँदै, अरुलाई गालीगलौज गर्दै हिँड्न थालेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्