साना किसान विकास लघुवित्तले प्रस्ताव गर्यो २५ प्रतिशत बोनस

काठमाडौं, ०७ मंसिर । साना किसान बिकास लघुवित्त वित्तीय संस्थाले गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशन नगद लाभांश प्रस्ताव गरेको छ । मंसिर ७ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
साना किसानले गत वर्ष पनि शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात् लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्