महुली सामुदायिक लघुवित्तको ५० प्रतिशत हकप्रद मंगलबारदेखि खुल्दै

जागरण न्युज
काठमाडौं, ०७ मंसिर । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले मंगलबार (मंसिर ११ गते) देखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । लघुवित्तले २ : १ अनुपातमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । यस हकप्रदमा आवेदन गर्न कात्तिक २७ गतेसम्म कायम सेयरधनीहरुले मात्र पाउने छन् । हकप्रद आवेदन गर्ने अन्तिम म्याद पुस १६ गते तोकिएको छ । हकप्रदमा बिक्री प्रबन्धकको जिम्मा सन्राइज क्यापिटल लिएको ।


हकप्रदमा सनराइज क्यापिटल लि.कमलपोखरी तथा महुलीका शाखा कार्यालयहरुबाट तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, माहुली र सनराइज क्यापिटलको वेवसाइटबाट फाराम डाउनलोड गरेर पनि आवेदन दिन सकिने जनाइएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा महुलीले ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्