सुनसरी ३ मा मतगणना स्थगित, एमालेद्वारा गणना बहिस्कार

काठमाडौं । सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित भएको छ ।

मतगणनाका क्रममा अर्धकट्टीसहितका ९ वटा मतपत्र भेटिएपछि नेकपा एमालेले मतगणना बहिस्कार गरेसँगै स्थगित गरिएको हो ।

भेटिएका मतपत्रमा रुख चिन्हमा छाप लगाइएको पाइएको छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदार र नेकपा एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा छ ।

अहिलेसम्मको मतगणनामा चौधरीले झिनो मतले अग्रता लिइरहकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्