माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँट मंगलबार हुने, न्युनतम कति कित्ता पर्ला ?

जागरण न्युज
काठमाडौं, ०६ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको आइपीओ मंसिर ११ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीका अनुसार आगामी मंसिर ११ गते बाँडफाँट गर्ने जानकारी दिएका छन् । यस आइपीओमा धेरै संख्यामा दोहोर्याएर आवेदन दिएको भेटिएपछि बाँडफाँटमा केही ढिलाई हुन गएको बिक्री प्रबन्धकले जनाएको छ ।


अहिलेसम्मको तथ्यांक रुजु गर्दा करिब ६ हजार जनाले दोर्याएर आवेदन दिएको भेटिएको छ । यो तथ्यांकमा पनि सामान्य तलमाथि हुन सक्ने बिक्री प्रबन्धकको जनाएको छ । यस आइपीओमा न्यूनतम पनि ४० कित्ता शेयर सबैले पाउने अनुमान गरिएको छ ।
कर्मचारी र स्थानीयबासीका लागि तामाकोशीले यसअघि नै सेयर निष्कासन गरी बाँडफाँट भईसकेको छ । माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । यस आइपीओमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि आवेदन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्