एनएमबि बैंकले प्रस्ताव गर्यो ३० प्रतिशत लाभांश

जागरण न्युज
काठमाडौं, ०६ मंसिर । एनएमबि बैंक लि. ले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर ५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर तथा २० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैँया छ । प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख नाघ्नेछ ।
एनएमबि बैंकले अघिल्लो वर्षको नाफाबाट बैंकले एफपिओले समेत पाउने गरि १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्