सामुदायिक लघुवित्तको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन

जागरण न्युज
काठमडौं, ०५, मंसिर । सामुदायिक लघुवित्तले मंसिर २ गतेदेखि निष्काशन गरेको ३ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) मा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ । लघुवित्तले प्रतिकित्ता रु १०० रुपैयाँ अंकित दरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको हो ।
लघुवित्तको साधारण शेयरमा मंसिर ४ गते मंगलबारसम्म ४२.५९ गुणा बढी आवेदन परेको छ ।
लघुवित्तले निष्काशन गर्ने तीन लाख कित्ता आईपिओ मध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ ।


संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन गर्न सक्नेछन् । लघुवित्तको आईपिओमा न्युनतम ५० र बढीमा एक हजार पाँच सय कित्तासम्म आवेदन गर्न पाईनेछ ।
७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात दश करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्