काभ्रे २ मा एमालेका गोकुल बास्कोटा अत्यधिक मत सहित निर्वाचित

काठमाडौं । नेकपा एमालेका गोकुल प्रसाद बास्कोटा काभ्रे क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतसहित निर्वाचित भएका छन् । बास्कोटा ५४ हजार ४२७ मतसहित निर्वाचित भएका हुन् ।

उनले कांग्रेसका मधुप्रसाद आचार्यलाई १७ हजार ८४८ मतअन्तरले हराए ।

एमालेका बास्कोटाले ५४ हजार ४२७ मत पाएका छन् भने कांग्रेसका आचार्यले ३६ हजार ५७९ मत पाए ।

प्रदेशसभा तर्फ ‘क’ र ‘ख’ दुबै सिटमा एमाले उम्मेदवारहरु विजयी भएका छन् । प्रदेशसभा ‘क’मा एमालेका लक्ष्मण लम्साल २७ हजार ६२१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुन्दरमणि आचार्यले १६ हजार ५८९ मत पाए ।

यसैगरी प्रदेशसभा ‘ख’मा पनि एमालेका बसुन्धरा हुमागाइँ २८ हजार ६७७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कन्चन चन्द्र वादेले २१ हजार ७८० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्