रमेश लेखकले मतान्तर घटाउँदा कार्यकर्ता उत्साहित, थोरै मतले भएपनि जित्नेमा ढुक्क

काठमाडौं। प्रदेश नम्वर ७ बाट काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पछि जीत्नेमा आश बाँकी रहेका कञ्चनपुर ३ का उमेद्वार रमेश लेखकले मतान्तर घटाउँदै लगेका छन्।

भिमदत्त नगरपालिका वडा नम्वर ७ को मत गणना गर्दा १८७ मतले अघी लागेका लेखक समग्रमा भने अझै १०० मतले पछि छन्। तर कार्यकर्तामा उत्साह थपिएको छ।

२० हजारका आसपासमा लेखक र एमाले उमेद्वार डा दिपकप्रकाश भट्टको मत रहेको छ।

वडा नम्वर ३को मतगणना चालु रहेको छ भने १२, १३, १४, १५ र १६को मत गन्न बाँकी रहेको छ।

सबै गन्न बाँकी वडाको प्रदेश सभामा काँग्रेसको अग्रता रहेका कारण पनि प्रतिनिधि सभामा पनि काँग्रेसको अग्रता आउने अनुमान लेखकका नीजि सचिव तथा नेविसंघका पूर्व केन्द्रिय सदस्य जनक भट्टको छ।

समग्रमा कञ्चनपुरमा काँग्रेसले साख जोगाउन नजोगाउने जिम्मा रमेश लेखकको काँधमा आएको छ।

प्रतिक्रिया दिनुहोस्