प्रदेशसभातर्फ २५८ स्थानको मतपरिणाम आउँदा कसको कति सिट ?
काठमाडौं। प्रदेशसभातर्फ पनि वाम गठबन्धनका उम्मेदवारहरु नै धेरै स्थानमा विजयी भएका छन् ।
प्रदेश नम्बर २ मा भने राजपा र संघीय समाजवादी फोरमका उम्मेदवार धेरै स्थानमा विजयी भएका छन् ।
अहिलेसम्म घोषित २५८ प्रदेशसभाको मतपरिणामअनुसार सबैभन्दा बढी नेकपा एमालेले १३७ स्थानमा जित हात पारेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले ६०, नेपाली कांग्रेसले ३१, संघीय समाजवादी फोरमले १८ र राष्ट्रिय जनता पार्टीले ५ स्थानमा जित निकालेका छन् ।
त्यसैगरी अन्य ७ स्थानमा स्वतन्त्र र साना दलका उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्