साधना लघुवित्तको पहिलो बर्ष पुरा, पदयात्रा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । गोरखा केन्द्रीय कार्यालय रहेको साधना लघुबित्त वित्तीय संस्थाले स्थापनाको पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रबेश गरेको छ । सो अवसरमा संस्थाले बृहत रक्तदान, महिला शसक्तिकरण, वित्तीय साक्षरताका लागि पदयात्रा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रही बृहत रक्तदान, महिला शसक्तिकरण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरिएको बताए।
त्यस्तै बत्तीय संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाकी उपमेयर बिना कुमारी श्रेष्ठले हरेक बित्तीय संस्थाले महिला शसक्तिकरण, बित्तीय साक्षरता गर्नुका हेतुले आफनो कारोबारका अक्तिरित्त यस किसीमको कार्यक्रम गर्न आवश्यक रहेको बताउँदै साधनाले गरेको यस कार्यक्रमले अन्य संस्थाहरुलाई पनि यस्ता कार्यक्रम गर्न थप प्रेरणाको स्रोत हुने बताए।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बित्तीय संस्थाले छोटो समयमा नै ग्राहक सदस्यहरुको मन जित्न सफल भएकोमा खुसी व्यक्त गर्दै अझै थप सफलताका लागि शुभकामना दिए।
कार्यक्रममा उत्कृट कर्मचारीहरु प्रमोद अर्याल र अलि अस्गर मियालाई वर्ष उत्कृष्ट कर्मचारी अबार्ड बाट सम्मान गरिनुकासाथै उत्कृट सदस्य रञ्जू श्रेष्ठलाई सम्मान गरिएको थियो ।
१० जिल्ला कार्यक्षेत्र भएको साधना लघुबित्त बित्तीय संस्थाले कार्तिक मसान्त सम्ममा २५ बटा शाखा कार्यालयबाट १६०११ घर परिवारलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्