नेसनल माइक्रोफाइनान्सको एजीएम मंसिर २८ मा, दिनेभयो ४० प्रतिशत लाभांश

जागरण न्युज
काठमाडौं, ०३, मंसिर । नेसनल माइक्रोफाइनान्सले ४० प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर २८ गते वार्षिक साधारण सभा डाकेको छ । माइक्रोफाइनान्सले साधारण सभामा २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश सहित कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्न लागेको हो ।
माइक्रोफाइनान्सले बोनस वितरणका लागि ३ करोड ८९ हजार रुपैयाँ र नगद लाभांशका लागि १ करोड ८० लाख ५३ हजार ४०० रुपैयाँ छुट्याएको छ । साधारण सभा गर्नका लागि कम्पनीले मंसिर १५ गतेदेखि बुक क्लोज गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांशको पाउनेछन ।
नेसनल माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यसमा २५ प्रतिशत बोनस सेयर वितरणपछि पुँजी १५ करोड ४ लाख ४५ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस लघुवित्तले २ करोड ६४ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्