उनले नयाँदिल्लीमा बोल्दै ट्रकोमाको क्षेत्रमा ऐतिहासिक उपलब्धी भएको पनि बताएका छन् । स्वास्थ्य मन्त्री नाडाले सवै जिल्लामा ट्रकोमाको रोगबाट प्रभावितहरुको संख्यामा उल्लेख्य सुधार आएको पनि जिकिर गरे ।

उनले ट्रकोमा रोगबाट प्रभावित हुनेहरुको संख्या अझै कम गर्न आखाँमा राख्ने औषधीको उपलब्धता, व्यक्तिगत सरसफाई, सफा पानीको प्रयोग र वातावरणीय सरसफाईमा सुधार लगायत तर्फ बढी ध्यान दिनुपर्ने जोड्दिएका छन् ।