काँग्रेसका डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी

 

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी बर्दघाट सुस्ता पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार ५२३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम २ बाट नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कण्डेलले ३४ हजार १३० मत प्राप्त गरी विजयी बनेका छन् ।

उ्नका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका घनश्याम यादवले २३ हजार ८९८ मत प्राप्त गरेका थिए। कण्डेलले यादवसँग १० हजार २३२ मतअन्तरले विजयी बनेका हुन् ।

यसैबीच नवलपरासी बर्दघाट सुस्ता० पूर्व २ बाट नेकपा एमालेका उम्मेदवार तिलक महतले ३९ हजार ५३ मत प्राप्त गरी विजयी बनेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णु काकीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्