काठमाडौं, कात्तिक ३० । निर्माणका लागि ठैक्क लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण १० वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै निर्माण हुन सकेका छैनन् ।
पुल महासाखाका अनुसार देशभर १ हजार ६४ वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् । बजेट अभावमा दुई वर्षदेखि पुलको माग भएका क्षेत्रमा सर्भेको कामसमेत पुल महासाखाले बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस्