सिटी एक्सप्रेस फाइनान्सको तेह्रौं वार्षिक साधारण सभा, चुँक्ता पूँजी ८० करोड पुर्याउने

काठमाडौं, कार्तिक २९ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष चन्द्र टण्डनको सभापतित्वमा सम्पन्न सभामा संचालक समितिका अध्यक्ष चन्द्र टण्डनले आ.ब. ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सो अवसरमा उहाँले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरे पश्चात समस्याग्रस्त अवस्थाबाट मुक्त भएको बताउनु भयो । उहाँले साबिक नाम परिबर्तन संँगैसिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको नामवाट आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरी दक्ष कर्मचारीहरुको साथमा केन्द्रिय कार्यालय, घण्टाघर काठमाण्डौ तथा शाखा कार्यालयहरु गाइघाट र विर्तामोडबाट वित्तीय कारोवार गर्दै आइरहेको व्यहोरा जानकारी गराउनु भयो ।
संस्थालाई मुनाफा आर्जनको अवस्थामा पुर्याउन बर्तमान संचालक समिति कटिबद्ध रहेको जानकारी गराउँदै सबै पक्षवाट सद्भाव र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले संस्थालाई सवल वनाउनका लागि अन्य वित्तीय संस्थाहरुलाई प्राप्ती गर्ने, कर्मचारी व्यवस्थापनलाई मजवुद वनाई अब्वल संस्थाको रुपमा अगाडि वढाउनेउद्घोष पनि गर्नु भयो ।
संस्थाका कार्यकारी प्रमुख भिष्म राज चालिसेले रणनीतिक साझेदारको खोजी गर्दै चुक्ता पुँजीको दायरालाई फराकिलो वनाउँदै आवश्यक शाखा संजाल तथा व्यवसायलाई विस्तार गर्ने वताउनु भयो ।
साधारण सभावाट संस्थाले चुँक्ता पँजी रु. ८० करोड पुर्याउने तथा उपयुक्त रणनितिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । संस्थामा विभिन्न ९ किसिमका बचत खाताको साथै मुद्दती खाताहरुमा उच्चतम व्याज दिइने व्यवस्था रहेको छ भने संस्थागत ग्राहकले कल तथा करेन्ट खाता खोल्न सक्ने व्यवस्था समेत मिलाएको छ ।
संस्थाले कर्जा तर्फ व्यवसायीक कर्जा, कृषि कर्जा, घर जग्गा कर्जा, हायर पर्चेज कर्जा, वैदेशिक रोजगार कर्जा, मुद्घती रसीद धितो कर्जा, ओभरड्राफ्ट सुविधा लगायतका बिभिन्न कर्जा सुविधा प्रदान गर्दै आएको छ । संस्थाले भ्ऋऋ को सदस्य भई सो मार्फत सबै बैंक तथा वित्तिय संस्थाको चेक क्लियरिङ्ग हुने व्यवस्था गरेको छ । त्यस्तै संस्थाले रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउन र पाउन सकिने सुविधा पनि प्रदान गर्दै जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्