काठमाडौं, कात्तिक २९ । श्रम ऐन लागू भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निबृत्तिभरण (पेन्सन) पाउने भएका छन् ।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को मस्यौदामा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिएर उक्त रकमबाट पेन्सन दिने व्यवस्था गरिएको छ ।
पेन्सन योजना २०७६ साल साउन १ गतेपछि कुनै पनि रोजगारदातासँग रोजगार सम्बन्ध कायम भएका श्रमिकहरुको हकमा लागू हुनेछ ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले मस्यौदाले अन्तिम रुप पाउन लागेको र मंसिरभित्र सार्वजनिक गरिने बताए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्