एकाएक गरियो सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारीलाई बर्खास्त,अब सुवेदीलाई मौका

काठमाडा ,कात्तिक २७ । सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् ।
सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताए ।
यसअघि प्रदेश इन्चार्ज रावलले मुख्यमन्त्री भट्टलाई बोलाएर सोडारीका सन्दर्भमा छलफल गरेका थिए । सोडारीको बारेमा धेरै गुनासा आएकाले उनलाई हटाइएको स्रोतले जनाएको छ ।
तिहारको बेला सोडारीको झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला दुर्घटना भएको थियो ।
तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारी पार्टी्भित्र घनश्याम भुसाल र योगेश भट्टराई निकटस्थ मानिन्छन् । प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी दोस्रो व्यक्ति भएका छन् । यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्त भएका थिए ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेपछि सुवेदीले मौका पाएका हुन् ।
सुवेदीको मंगलबार साँझ ४ बजे सपथग्रहण हुने सम्भावना छ । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वा्चित प्रदेशसभा सदस्य हुन् ।
बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वा्चित भएका हुन् । पार्टी्भित्र सोडारी र सुवेदी दुवैजना माधव नेपाल पक्षका हुन् ।
प्रतिक्रिया दिनुहोस्